सिक्किम सरकारी महाविद्यालय, नेपाली विभागको तत्त्वावधानमा मासिक साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न आज दिनाङ्क ३०.०६. २०२२ बिहिबारको दिन सिक्किम सरकारी महाविद्यालय, नाम्चीमा मासिक साहित्यिक भेटघाट कार्यक्रम नेपाली विभागको तत्त्वावधानमा सम्पन्न भयो यस कार्यक्रमका सभाध्यक्षता महाविद्यालयका प्राचार्य डा. दीपक तिवारीले गरे भने विशिष्ट अतिथिका रूपमा आमन्त्रित युवा कवि सिमयोन सुकिताले आफ्ना बहुचर्चित कविता र गजलहरू सुनाएर दर्शकहरूलाई मन्त्रमुग्ध बनाए । यस अतिरिक्त दोस्रो, चौथो र छैटौं सत्रका प्रतिभा सम्पन्न विद्यार्थीहरूले पनि स्वरचित कविता र गजलहरू वाचन गरेर आफ्ना प्रतिभाको परिचय दिए। यसरी नै महाविद्यालयका प्राध्यापकहरू डा सी. पी. खतिवडा, शिवकुमार नेपाल, दुर्गाप्रसाद शर्मा र गैर-शिक्षण कर्मचारी (H.A) भीम थापाले पनि आफ्ना काव्यिक प्रस्तुतिहरू दिएर कार्यक्रमलाई थप आकर्षित बनाए। यस कार्यक्रमको स्वागत भाषण विभागध्यक्ष तिलकबहादुर बरदेवाले गरे भने धन्यवाद ज्ञापन उप- प्राध्यापक डी. आर. शर्माले गरे। कार्यक्रममा महविद्यालयका प्राचार्य डा दीपक तिवारीले आफ्नो मन्तव्यमा मासिक साहित्यिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने विचार राख्दै महाविद्यालयको तर्फबाट सदैव सहयोग गर्ने आश्वासन दिए। कार्यक्रमको सञ्चालन दोस्रो सत्रका विद्यार्थी विश्वजीत बास्कोटाले गरेका थिए ।
Serach
Recent Posts
- Principal Dr. Deepak Tewari attended the National Workshop on NEP 2020
- English Literature Fest Theme: Celebrating Culture, Creativity, and Community Organized by Department of English, SGC Namchi
- Constitution Day Celebration at SGC Namchi
- Awareness Programme on Health Issues Held at Sikkim Government College, Namchi
- Educational Tour to Kolkata
POST GRADUATE PROSPECTUS 2025-26