आज मिति २३.०२. २०२६ को दिन नेपाली विभागले बहुभाषिक कविता वाचन कार्यक्रम महाविद्यालयको विज्ञान भवनको सेमिनार कक्षमा आयोजना गरेको थियो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा महाविद्यालयका उप- प्राचार्य डा सन्जयकुमार सुब्बा उपस्थित हुनुहुन्थ्यो। मासिक साहित्यिक भेटघाट कार्यक्रम अन्तर्गत आयोजित बहुभाषिक कविता वाचन कार्यक्रमको महत्त्वबारे नेपाली विभागका विभागप्रमुख डा दुर्गाप्रसाद शर्माले आफ्नो मन्तव्य प्रस्तुत गरेपछि लेप्चा, लिम्बू, भोटिया, अङ्ग्रेजी र नेपाली विभागका विद्यार्थीहरूले विविध विषयका कविताहरू वाचन गरेका थिए। यस कार्यक्रममा अङ्ग्रेजी विभागबाट डा यशोदा प्रधान, लिम्बू विभागबाट भीमप्रसाद लिम्बू , लेप्चा विभागबाट कर्मा लेप्चा, नेपाली विभागबाट डा शिवकुमार नेपाल, तिलकबहादुर बरदेवा एवम् डिल्लीराम शर्मा आदि प्राध्यापकगणको विशेष उपस्थिति रहेको थियो। कविता वाचन कार्यक्रम प्राध्यापक तिलकबहादुर बरदेवाले संचालन गरेका थिए भने धन्यवाद ज्ञापन डा शिवकुमार नेपालले प्रस्तुत गरे।
Serach
Recent Posts
- सरकारी महाविद्यालय नाम्चीको नेपाली विभागद्वारा बहुभाषिक कविता वाचन कार्यक्रम आयोजना
- A Report on the Analytical Discussion of The Union Budget 2026.
- Principal Dr. Deepak Tewari attended the National Workshop on NEP 2020
- English Literature Fest Theme: Celebrating Culture, Creativity, and Community Organized by Department of English, SGC Namchi
- Constitution Day Celebration at SGC Namchi
POST GRADUATE PROSPECTUS 2025-26