Site icon Sikkim Government College, Namchi

नाम्ची सरकारी महाविद्यालयमा ३४ ओैँ नेपाली भाषा मान्यता उत्सव २०२५ भव्यतापूर्वक सम्पन्न

प्रेस विज्ञप्ति

सिक्किम सरकारी महाविद्यालयको नेपाली विभागकाे आयोजनामा ३४ औँ नेपाली भाषा मान्यता उत्सव २०२५ महाविद्यालयको प्रेक्षागृहमा भव्यतापूर्वक सम्पन्न भयो। कार्यक्रममा श्री साेनाम छाेपेल शेर्पा, माननीय अध्यक्ष, विद्यार्थी कल्याण बाेर्ड, सिक्किम सरकार प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने स्रोत वक्ताका रूपमा सेवा निवृत्त प्राचार्य, डा परशुराम पाैड्याल, सिक्किम सरकारी महाविद्यालय, नाम्ची अनि सहायक -प्राध्यापक डा. शिवकुमार नेपाल उपस्थित थिए । सेवा निवृत्त प्राचार्य डा. परशुराम पाैड्यालले नेपाली भाषा आन्दोलनकाे ऐतिहासिक पक्ष एवम् अनुभूतिहरू साझा गर्दै वार्ता प्रस्तुत गर्नु भयाे। डा शिवकुमार नेपालले नेपाली भाषा र जातिको पृष्ठभूमिगत समावेशीकरण र आधुनिक प्रविधिको सहयोगद्वारा यस भाषा र साहित्यलाई विश्वस्तरीय बनाउने विषयमा बीज वक्तव्य प्रस्तुत गर्नु भयाे।महाविद्यालयका प्राचार्य डा दीपक तिवारीले आफ्नो सम्बाेधनमा नेपाली भाषाकाे महत्त्वबारे वक्तव्य राख्नु भयाे।

कार्यक्रममा नाम्ची सरकारी महाविद्यालयका विद्यार्थीहरूले विभिन्न प्रकारका लोकनृत्य र गीतहरू प्रस्तुत गरे। खुल्ला हाजिरी जवाब प्रतियोगिता अनि कविता वाचन प्रतियोगितामा विद्यार्थीहरूले अंशग्रहण पनि गरेका थिए। कार्यक्रममा श्री शान्ता प्रधान, पूर्व सचिव, कृषि विभाग, सिक्किम सरकार, श्री लाेकेन्द्र श्रेष्ठ, सभापति, स्वाभिमान संस्था, हाेमनाथ शर्मा, काेशाध्यक्ष, स्वाभिमान संस्था, श्री पेम नर्बु शेर्पा ‘ज्याेति’, श्री सरमान सुब्बा ‘रसिक’ सदस्य दक्षिण सिक्किम साहित्य सम्मेलन, नाम्ची, उप-प्राचार्य डा देवान राई, डीन अफ स्टुडेन्ट अफेयर डा युगल किशाेर खनाल लगायत भाेटिया,लेप्चा,लिम्बू, अङ्ग्रेजी अनि अन्य विभागका विभागाध्यक्ष, प्राध्यापकगण र भारी मात्रामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत भाषण नेपाली विभाग प्रमुख तिलकबहादुर बर्देवाले गरेका थिए भने धन्यवाद ज्ञापन उप प्राध्यापक डिल्लीराम शर्माले गरेका थिए। कार्यक्रम सञ्चालन डा. दुर्गाप्रसाद शर्माले गरेका थिए। यस कार्यक्रमा महत्त्वपूर्ण उपस्थिति र सहयोगको निम्ति माननीय अध्यक्ष श्री साेनाम छाेपेल शेर्पा, विद्यार्थी कल्याण बाेर्ड, सिक्किम सरकारलाई नेपाली विभाग नाम्ची महाविद्यालयले विशेष कृतज्ञता प्रकट गरेको छ।

Exit mobile version