Site icon Sikkim Government College, Namchi

नाम्ची सरकारी महाविद्यालय नेपाली विभागद्वारा नेपाली लघुकथा वाचन कार्यक्रम आयोजना

आज मिति ३०.०३. २०२६ को दिन नेपाली विभागले लघु कथा वाचन कार्यक्रम महाविद्यालयको विज्ञान भवनको सेमिनार कक्षमा आयोजना भयो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा महाविद्यालयका डिन डा युगलकिशोर खनाल उपस्थित हुनुहुन्थ्यो। मासिक साहित्यिक भेटघाट कार्यक्रम अन्तर्गत आयोजित लघु कथा वाचन कार्यक्रमको महत्त्वबारे नेपाली विभागका विभागप्रमुख डा दुर्गाप्रसाद शर्माआफ्नो मन्तव्य प्रस्तुत गरेपछि नेपाली विभागका विद्यार्थीहरूले विविध विषयका लघु कथाहरू वाचन गरेका थिए। यस कार्यक्रमका प्रमुख अतिथी डा युगलकिशोर खनाल र वरिष्ठ प्राध्यापक डा शिवकुमार नेपालले समसामयिक विषयका स्वरचित लघुकथा प्रस्तुत गरे। यस कार्यक्रममा नेपाली विभागबाट डा शिवकुमार नेपाल, तिलकबहादुर बरदेवा एवम् डिल्लीराम शर्मा आदि प्राध्यापकगणको विशेष उपस्थिति रहेको थियो। लघुकथा वाचन कार्यक्रम प्राध्यापक डिल्लीराम शर्माले संचालन गरेका थिए भने धन्यवाद ज्ञापन प्राध्यापक तिलकबहादुर बरदेवाले प्रस्तुत गरे।

Exit mobile version