Site icon Sikkim Government College, Namchi

२०८ औँ भानु जयन्ती भव्यताका साथ सम्पन्न

ramayan path

ramayan path

नाम्ची सरकारी महाविद्यालयमा २०८ औँ भानु जयन्ती भव्यताका साथ सम्पन्न

 नाम्ची सरकारी महाविद्यालय नेपाली विभागको आयोजनामा २०८ औं भानु जयन्ती भव्य रूपमा पालन गरियो । यस कार्यक्रमका मुख्य अतिथि माननीय अध्यक्ष शहरी विकास विभाग  श्री के. बि. राई हुनुहुन्थ्यो। यसरी नै विशिष्ट अतिथिको रूपमा संस्कृति विभाग सिक्किम सरकारका सल्लाहकार भीमकुमारी शर्मा, वन एवं भूमि प्रयोग विभागका सल्लाहकार भगिरथ राई, सडक एवं पुल विभागका अध्यक्ष श्री साईमन राई, आवास बोर्डका अध्यक्ष श्री कर्मा टाशी भुटिया, दक्षिण जिल्ला नारी संयोजक एवं सदस्य सिक्किम महिला आयोग श्रीमती बबीता लिम्बु, एस. के. एम विद्यार्थी प्रकोष्टका राज्य अध्यक्ष श्री सोनाम छोपेल शेर्पा,  दक्षिण जिल्ला नारी उपाक्ष्यक्ष प्रभारी एस. के. एम श्रीमती कला सुब्बा, दक्षिण जिल्ला युवा संयोजक एस. के. एम श्री नगेन्द्र तामङ,  क्षेत्र संयोजक श्री प्रमोद छेत्री र सुजेन्द्र याखा एवं दक्षिण जिल्ला एस. के. एम. पार्टीका विभिन्न पदाधिकारीगणको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा भानुभक्तको प्रतिमामा माल्यार्पण र द्वीप प्रज्ज्वलन मुख्य अतिथि र विशिष्ट अतिथिहरूको करकमलबाट भएपछि स्वागत वक्तव्य डा सि. पि. शर्माले राखे। यसपछि नेपाली विभागका विभागाध्यक्ष श्री तिलकबहादुर बरदेवाले भानुभक्तको जीवन र योगदामनमाथि भानु वार्ता प्रस्तुत गरे। स्वागत लोकसङ्गीतबाट आरम्भ भएको यस समारोहमा रामायण पाठ प्रतियोगिता, लोकनृत्य प्रतियोगिता, तर्क प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, स्वरचित कविता प्रतियोगिता, हाजिरी जवाब प्रतियोगिता आदि प्रतियोगितात्मक कार्यक्रमहरू नाम्ची महाविद्यालयका  विद्यार्थीहरू माझ भयो। प्रतिभागी विद्यार्थीमा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेहरूलाई नगद राशि र प्रमाण पत्र मुख्य अतिथिको बाहुलीबाट प्रदान गरियो। यस कार्यक्रममा महाविद्यालयका प्राचार्य डा दीपक तिवारीले सम्बोधनको क्रममा भानु जयन्ती भव्यता साथ मनाउने हौसला र सहयोग दिनुभएकोमा माननीय मुख्यमन्त्री मेडम कृष्ण कुमारी राई (गोले) अनि राज्य स्तरीय युवा शक्तिका अध्यक्ष श्री लाक्पा मोक्तान एवं एस. के. एम. विद्यार्थी मोर्चाका सम्पूर्ण टोलीलाई महाविद्यालयको तर्फबाट विशेष कृज्ञता प्रकट गर्नुभयो। कार्यक्रममा धन्यवाद ज्ञापन श्री डि. आर. शर्माले गर्नुभयो भने सम्पूर्ण कार्यक्रम सञ्चालन श्री दुर्गाप्रसाद शर्मा गौतमले गर्नुभएको थियो। यस समारोहमा नाम्ची सरकारी महाविद्यालयका विभिन्न विभागका शिक्षक-शिक्षिकागण र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

Exit mobile version