मासिक साहित्यिक भेटघाट नेपाली विभाग

Indra Pradhan
27/07/26
मासिक साहित्यिक भेटघाट नेपाली विभाग
मासिक साहित्यिक भेटघाट अन्तर्गत नेपाली विभागद्वारा गाउँखाने कथा विषयमा प्रतियाेगितात्मक कार्यक्रम आयोजना।
आज मिति २७.०७. २०२६ को दिन नेपाली विभागले महाविद्यालयको विभागीय  कक्षमा मासिक साहित्यिक भेटघाट कार्यक्रम आयोजना गर्‍यो।मासिक साहित्यिक भेटघाट कार्यक्रम अन्तर्गत आयोजित गाउँखाने कथा प्रतियाेगितात्मक कार्यक्रमको महत्त्वबारे नेपाली विभागका विभागप्रमुख डा दुर्गाप्रसाद शर्माले आफ्नो मन्तव्य प्रस्तुत गरे। प्राध्यापक तिलकबहादुर बरदेवाले गाउँखाने कथाबारे चर्चा गर्दै विद्यार्थीहरूलाई केही गाउँखाने कथा सम्बन्धी प्रश्न पनि गरे। गाउँखाने कथा सम्बन्धी प्रश्नकाे सही उत्तर दिने विद्यार्थीहरूलाई उपहार पनि प्रदान गरियाे। कार्यक्रम प्राध्यापक तिलकबहादुर  बरदेवाले संचालन गर्दै धन्यवाद ज्ञापन प्राध्यापक डिल्लीराम शर्माले प्रस्तुत गरेका थिए।